माओवादी केन्द्र भद्रपुर ५ को अध्यक्षमा बुद्धिमान निर्विरोध

भद्रपुर । नेकपा माओवादी केन्द्र भद्रपुर ५ नम्वर वडा समितिको अध्यक्षमा बुद्धिमान लिम्बू सर्वसम्मत चयन भएका छन् ।

समितिको उपाध्यक्षमा सुशील यादव, सचिव– रमेश श्रेष्ठ, सह सचिव–रामबाबु राजवंशी र कोषध्यक्षमा–अनिता मण्डल(ढकाल) निर्विरोध चयन भएका हुन् । वडा अधिवेशनले २१ सदस्य वडा समिति निर्माण गरेको छ ।

डिल्ली रुचाल अध्यक्षता तथा नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।