अधिकारकर्मी अधिकारीको काँग्रेस भद्रपुर नगर उपसभापतिमा दावी

भद्रपुर । महिला अधिकारकर्मी एवम् सामाजिक अभियन्ता रेखा अधिकारीले नेपाली काँग्रेस भद्रपुर नगर समितिको आसन्न निर्वाचनमा उपसभापतिको दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेकी छिन् ।

मानव अधिकारका लागि महिला एकल महिला झापाकी संस्थापक अध्यक्ष तथा केन्द्रीय सचिव समेत रहेकी अधिकारीले नेपाली काँग्रेसलाई भद्रपुरमा चलायमान बनाउन उम्मेदवारीको घोषणा गरेकी हुन् ।

दशकयता झापाका विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व समेत लिइसकेकी अधिकारीले एकल महिला छहारी मार्फत महिला सवलीकरण अभियान समेत चलाइरहेकी छिन् ।

भद्रपुर काँग्रेसलाई चलायमान बनाउने प्रतिबद्धता सहित उनले नगर उपसभापतिको दावी गरेर उम्मेदवारीको घोषणा गरेकी छिन् ।