चन्द नेतृत्वको नेकपाको झापा सदरमुकाममा बिरोध र्‍याली

भद्रपुर । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले एमसीसीको विरोध गर्दै झापाको सदरमुकाम चन्द्रगढीमा वृहद प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रघाती कदम भएकोले संसदमा अनुमोदन नगर्न दवाप स्वरूप झापा सदरमुकाममा नेकपा झापाले विरोध प्रदर्शन गरेको हो ।

एमसीसी बिरूद्ध चर्को नारावाजी गर्दै नेकपाका झापा जिल्ला इञ्चार्ज सुमन लिम्बूको नेतृत्वमा चद्रगढी स्थित ट्रेडयुनियन चौकबाट सुरू भएको विरोध र्यालीले सदरमुकाम स्थित सरकारी परिसर हुँदै चन्द्रगढी परिक्रमा गरेको थियो ।

यसौ नेता कार्यकर्ताले सहभागिता जनाएको विरोध र्यालीमा सरकार बिरूद्ध चर्को नारावाजी समेत गरिएको थियो भने नेपभल प्रहरीले सुरक्षा निगरानी राखेको थियो ।