भद्रपुर काँग्रेसको नेतृत्वका लागि चौहानको दावी

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिको नेतृत्व दावी गर्दै उपसभापति ज्ञानबहादुर चौहानले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघबाट २०४६ सालको जनआन्दोलमा शसक्त भूमिका सहित भाग लिएर राजनीति सुरू गरेका चौहानले सवै कार्यकर्ताको भावना अनुरूप उम्मेदवारी घोषणा गरेको दावी समेत गरेका छन् ।

नेपाली काँग्रेसमा सकृय रूपमा काम गरिरहेका चौहान वर्तमान उपसभापति समेत हुन् । राजनीतिमा लालेर लाभको पद समेत नलिएका चौहान काँग्रेस भद्रपुरका सवै नेता कार्यकर्तासंग परिचित रहेका व्यक्ति पनि हुन् ।

नगर काँग्रेसलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने चौहान प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध कार्यकर्ताको पहिचान समेत निर्माण गरेका व्यक्तिमा पर्दछन् । काँग्रेसको १२ औं महाधिवेशनमा साविक चन्द्रगढी गाउँ उपसभापतिको नेतृत्व सम्हालेका चौहानले १३ औं महाधिवेशनमा भद्रपुर नगर उपसभापति सम्हाल्न पाएको अनुभव समेत राखेका छन् ।