प्रवक्ता शर्माले चाँडै उम्मेदवारी घोषणा गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न महाधिवेशनका लागि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका छन् । सामाजिक संजालमार्फत प्रवक्ता शर्माले वडा अधिवेशनका सबै उम्मेदवारलाई शुभकामना दिँदै आफूले पनि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘उम्मेदवारी घोषणा कहिले ? शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु । प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ । वडा अधिवेश शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना । चाँडैनै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु ।’ उनले कुन पदमा उम्मेदवारी दिने भन्ने अहिलेसम्म खुलाएका छैनन् ।