भद्रपुरका अधिकाम्स वडा समिति निर्विरोध

भद्रपुर  । १४ औं अधिवेशन अन्र्तगत नेपाली काँग्रेस भद्रपुर नगरपालिकाका अधिकाम्स वडा समिति आन्तरिक प्रतिष्पर्धा नभइ निर्विरोध चयन भएका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार भद्रपुरका १०, ९, ८, ४, ३, २ र १ नम्बर वडा अधिवेशनले निर्विरोध वडा समिति चयन गरेको हो ।

भद्रपुर १० मा विष्णु काफ्लेको नेतृत्वमा वडा समिति सर्वसम्मत भएको छ । यस्तै ९ नम्वर वडासमितिमा चेतनाथ भट्टराई सभापतित्वमा सवै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसमा उपसभापति गोपालप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद पोखरेल, सचिव चिरञ्जीवि भट्टराई र पानीलाल राजवंशी, सहसचिव अम्बरबहादुर अधिकारी र निमेष भट्टराई चयन भएका छन् । त्यसैगरी खुल्ला, महिला, आदिवासी जनजाति, दलित, अल्पसंख्यक, अपाङ्ग गरी २३ जना सदस्य र १८ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका हुन् ।

त्यस्तै भद्रपुर ८ नम्वर वडामा रत्नप्रसाद खतिवडाको सभापतित्वमा सवै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । ३ नम्वर वडा सभापतिमा शमशेर मोक्तान तामाङ नेतृत्वमा वडा समिति गठन भएको छ । २ नम्वर वडा सभापतिमा राजु गिरी नेतृतवमा निर्विरोध भएको छ भने १ नम्वरको वडा सभापतिमा दधिराम मिश्र नेतृतवमा सवै पदमा सर्वसम्मत नेतृतव चयन भएको छ ।

१० वटा वडा रहेको भद्रपुरमा केही वडामा भने निर्वाचन हुने देखिएको छ ।