आठ महिने नानीसंगै आमा–बावुले गरे अत्महत्या

भद्रपुर । झापास्थित कनकाई नगरपालिका–१ निवासी एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । जसमा एक आठ महिने बालिका पनि छिन । आफ्नै घरको बलोमा झुण्डिएर आत्महत्या गर्नेमा ४० बर्षीय रविन विश्वकर्मा, उनीकी पत्नि २९ बर्षीय श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । उनीहरूले ८ महिने छा्रीलाइसमेत लिएर एकसाथ झुन्डिएर आत्महत्या गरेका हुन । उनीहरूको मृत्युसँगै घरका सबै जनाको मृत्यु भएको छ । साउन ३१ गते गरिएको कोरोना परीक्षणमा उनीहरुको रिर्पोटमा पोजेटिभ देखिएको थियो । प्रहरीका अनुसार आम मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कोले बाँधेर झुण्डिएको अवस्था छ ।

मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौंसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।