त्रिदेशीय क्रिकेट शृङ्खलाका लागि क्यानद्वारा नेपाली टोलीको घोषणा

काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकपलिग २ अन्तर्गत ओमानमा हुन लागेको त्रिदेशीय शृङ्खलाका लागि नेपाल क्रिकेट संघले नेपाली टोली घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको नेतृत्वमा उपकप्तान दीपेन्द्र सिंह ऐरी सहित १७ सदस्यीय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने लगायत रहेका छन् । नेपाली टोली ८ भदौमा ओमान प्रस्थान गर्ने भएको छ ।