अन्त्यमा माधव नेपाललाई साथ दिएनन्
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका दोस्रो तहका नेताले नयाँ दल दर्ता गर्ने समयमा भने छाडेका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गर्ने बेलामा अधिकांश स्थायी कमिटी सदस्यले साथ छाडेका छन् ।
साथ छाडेका हरुमा डा. भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, योगेश भट्टराई, भीम आचार्य, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली रहेका छन् ।