झापामा ३१७४ जना सक्रिय संक्रमित
भद्रपुर । जिल्ला स्वास्थ्य कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्ग अनुसार, २०७८ साउन ३२ गतेसम्ममा झापामा हाल १५४७ महिला र १६२७ पुरुष गरी जम्मा ३१७४ जना सक्रिय संक्मित छन् । यी मध्ये २०५ जना अस्पतालमा भर्ना भएका छन भने बाकीँ होम आइोिलेसनमा बसेका छन् । सक्रिय संक्रमितमा १८बर्ष मुनिका २८८ जना, १९ देखि ६० बर्ष भित्रका २४६९जना र ६१ बर्षमाथिका ४१७ जना रहेका छन् ।
कोरोनाको दाश्रो लहर यता कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९० रहेको छ । जसमा १५१ महिला र २३ढ पुरुष रहेका छन् ।
कोतिड बिरुद्घको खोप लगाउनेको संख्यामा, सिङ्गल डोज लगाउने १७६७२६ रहेको छ भने डवल डोज लगाउनेको संख्या २०५८९ जना भएको स्वास्थ्य कार्यालयको तथ्याङ्गमा उल्लेख छ । यसैवीच कोरोनाको दाश्रो लहर पछि काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या ३१६२० रहेको छ ।