Hightlight topस्थानीय

प्रस्तावित बाह्रदशी जेसीजद्वारा अपाङ्गता भएका नागरिकलाई खाद्यन्न सहयोग

बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीजले बन्दाबन्दीका कारण खाद्यन्न अभावमा परेका अपाङ्गता भएका बाह्रदशीका अति विपन्न नागरिकका लागि १० बोरा चामल र २ बोरा दाल हस्तान्तरण गरेको छ ।

बन्दाबन्दीले भोकमरीमा परेका ४६ जना अपाङ्गता भएका व्यक्तिको तत्काल गाँस जुटाउन जेसीजले हाम्रो बाह्रदशी अपाङ्गता अभियानका संयोजक सान्तोष सुवेदीलाई दाल र चामल हस्तान्तरण गरिएको हो ।

प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका वडा नं ६ का सदस्य पुण्यप्रसाद पाठकको प्रमुख आतिथ्यमा खाद्यन्न हस्तान्तरण गरिएको थियो ।

करिव ५ सय हाराहारीमा अपाङ्गता भएका नागरिक रहेको बाह्रदशीमा अति विपन्नता भएका ४६ जना जति रहेको जानकारी दिँदै हाम्रो बाह्रदशी अपाङ्गता अभियानका संयोजक सान्तोष सुवेदीले खाद्यान्नसितै स्वास्थ्य सुरक्षा जोखिम समेत व्यहोरेर अपाङ्ता भएका व्यक्तिहरू जीवन गुजारा गरिरहेको जानकारी दिए ।

कार्यक्रम संयोजक लक्ष्मीप्रसाद उप्रेतीले धन्यवाद दिएको कार्यक्रमको औचित्यमाथि प्रकाश कार्यकारी उपाध्यक्ष टंकबहादुर कार्कीले पारेका थिए भने कार्यक्रममा स्वागत कार्यकारी उपाध्यक्ष पुष्पलाल धमला र सञ्चालन महासचिव तीर्थप्रसाद काफ्लेले गरेका थिए ।