ब्राउन सुगरसहित चार जना पक्राउ
भद्रपुर । झापाको बिर्तामोडको दुई स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मङ्गलवार साँझ बिर्तामोड नगरपालिका( ५ जात्रुबारीमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै मङ्गलवार सोही समयमा बिर्तामोड नगरपालिका(१ चारपानेबाट इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड( १ कि देवी तामाङ र बिर्तामोड( ५ कि २१ वर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।