आज २७४ जना पोजेटिभ, २०९ जना डिस्चार्ज, ३ जनाले ज्यान गुमाए

गोविन्द छेत्री ।

झापा । जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार, आज झापामा एक महिलासहित तीन जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बिर्तामोड नगरपालिकाका ६८ बर्षिय एक पुरुष, बुद्धशान्ति गाउँपालिाका ४९ बर्षिय एक पुरुष र अर्जुनधारा नगरपालिकाकी ४४ बर्षिया महिला रहेकी छन् । यो संगै झापामा को रोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ७४ पुगेको छ ।

यसैगरी, पिसिआरबाट ४ सय ६० को र एन्टिजेनबाट २ सय ५४ जनाको परीक्षण गरिएकोमा झापामा आज १ सय ३१ महिला र १ सय ४३ पुरुष गरी २ सय ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १६ रहेको छ भने आज २ सय ९ जना डिस्चार्ज भएका छन् ।