भद्रपुरमा लगाइने कोरोना खोपमा अनियमितता

खोप जबरजस्ती नियन्त्रणमा लिएको आरोप निराधार : गौरव सुब्बा

भद्रपुर । प्रादेशिक मेची अन्चल अस्पतालमा तोकिएको खोप केन्द्र, आफ्नो अधिकार क्षेत्र बाहिर गएर भद्रपुर नगरपालिका प्रशासनले खोप केन्द्र स्थगन गर्दा जन आक्रोश बढयो । साथै नगरपालिकाले आफूले क्षेत्राधिकार बाहिर गएर गरेको निर्णय फिर्ता त लियो तर नगर क्षेत्रको १० नं. खोप केन्द्रलाई आठ सय खोप दियो भने सवै जनताको केन्द्र रहेको मेची अस्पताललाइ ५ सय मात्र दियो ।

स्वभाविक तथ्य हो, मेची अस्पतालमा खोप केन्द्र तोकिए पछि आम नागरिक अन्य खोप केन्द्रमा भन्दा अस्पतालकै केन्द्रमा आए, आउनु स्वभाविक पनि हो । तर नगरद्वारा खोप केन्द्र स्थगन गर्नु, अनि चालु गरेपछि पनि अन्य केन्द्रलाई भन्दा अस्पताललाइ झण्डै आधा मात्र खोप उपलब्ध गराउनुले खोप ब्यवस्थापनमा अनियमितता भएको प्रष्ट हुन्छ ।

यता, स्वास्थ्य कार्यालय झापाबाट भद्रपुर नगरपालिकाका वडाध्यक्षसहितको समूहले गलत प्रक्रियाबाट ४ सय डोज खोप लगेको आरोप लागेको समाचार प्रकाशनमा आएको सन्दर्भमा, नगरका ८ नं.वडाध्यक्ष संग जिज्ञासा राख्दा, उनले भने,–‘एक त नगरपालिकाले हामी जनप्रतिनिधिसंग सल्लाहा नगरी अस्पतालको खोप केन्द्र स्थगन गर्दा जनता आक्रोशित बनेका थिए तेसमाथि अरु केन्द्र भन्दा अस्पतालाई कम खोप दिएर आगोमा घिउ हाल्ने काम नगरपालिकाले गर्यो । हजारौंको संख्यामा अस्पतालमा खोप लगाउन आएका जनताको धर्यको सीमा नाग्नलागेको र अस्पताल परिसरमा अप्रिय घटना हुने संकेत देखापरेकाले, हामी केही ब्यक्ति स्वास्थ्य कार्यालय गएर ४ सय डोज खोप ल्याएर अस्पतालमा दिइएको हो र उत्तपन्न जनआक्रोश साम्य पारेको हो । स्वास्थ्य कार्यलयमा कार्यालय प्रमुखको उपस्थिति थिएन । हामीले अस्पतालको स्थिति सुनाए पछि त्यहाँ रहेका कर्मचारीले, प्रहरीको उपस्थितिमा हामीलाइ गनेर ब्यवस्थित रुपमा ४ सय डोज खोप दिनु भयो, हामीले त्यो ल्याएर अस्पतालका कर्मचारीलाई जिम्मा दिएका हौं । यो कार्यलाई गलत प्रकृया भनियोस् जोड जबरजस्ति गरेको भनियोस, त्यसको आँफूलाइ कुनै अप्सोच् छैन । जनताको सेवा गर्नु हाम्रो धर्म हो त्यसको निर्वाह गरेको हौं ।’

झापा सदरमुकाम समेत रहेको भद्रपुर नगर क्षेत्रका अधिकाम्स खोप केन्द्रमा पनि बेथिति देखिएको छ । हरेक खोप केन्द्रमा राजनीतिक पहुँच, नातावाद कृपावाद तथा जनप्रतिनिधिको आफूखुसी तजविजले खोप लगाउने कार्यले बेथिति देखिएको हो । नगर भित्रका अधिकाम्स वडामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र राजनीतिक दलको पहुँचका आधारमा तोकिएको मापदण्ड विपरित कम उमेर समूहका नागरिकलाई खोप लगाइएको जनगुनासो आएको छ । खोप अभियानमा नगर प्रमुख, उपप्रमुखदेखि वडाध्यक्ष, वडासदस्यसम्मका जनप्रतिनिधिले आफन्त, नजिकका कार्यकर्ता र आसेपासे रिझाउने क्रममा प्रतिष्पर्धा गर्दा तोकिएको मापदण्ड मिचेर कम उमेर समूहका नागरिकलाई खोप लगाएको भन्दै भद्रपुरमा व्यापक आलोचना भइरहेको छ ।

यता नगर स्वास्थ्य शाखाका प्रमुख शान्तिराम भट्टराईका अनुसार नगरपालिकालाई स्वास्थ्य कार्यालय झापाले ५५ वर्षमाथिका उमेर भएका व्यक्ति,  सरकारी कर्मचारी, बैंक र वित्तीय संस्था कर्मचारी, चालक, सुरक्षाकर्मी, फ्रन्टलाइनमा काम गर्ने, भन्सार एजेन्ट, निर्माण व्यवसायी, विदेश जाने भिसा भएका नागरिक र वाणिज्य संघ प्रतिनिधिहरूलाई तोकेर ६ हजार १ सय ४३ भेरोसेल खोप पठाएको र तोकिए वमाेजिम खोप लगाएको प्रमुख भट्टराईले नयाँसन्दर्भलाई जानकारी गराए ।