रोटरी क्लव अफ भद्रपुरको पदहस्तारण सम्पन्न

भद्रपुर रोटरी क्लव अफ भद्रपुरको पदहस्तारण कार्यक्रम आइतवार सम्पन्न भएको छ । होटल उडल्याण्डको सभाहलमा भएको संक्षिप्त कार्यक्रमका विच पद आइतवारहस्तान्तरण गरीएको हो । सन २०२०।२१ का अध्यक्ष आदित्य पराजुलले सन २०२१।२२ का अध्यक्ष विगत ओझालाइ क्लवको चार्टर सर्टिफिकेट प्रदान गरी पद हस्तान्तरण गर्नुभएको हो ।

पदहस्तान्तरण कार्यक्रम नेपाल उध्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नेपाल उध्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालभद्रपुर नगरपालिका वडा न ८ का अध्यक्ष गौरव सव्वा मनोज लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लवका प्रेसिडेन्ट इलेक्ट इश्वर अधिकारीले संचालन गर्नुभएको कार्यक्रमा स्वागत मन्तव्य चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले राख्नुभएको थियो ।रोटरी क्यालेन्डर अनुसार ओझाले जुलाइ एक तारेख देखि पदभार सम्हाली सक्नुभएको छ ।

सोही कार्यक्रममा अन्य पदाधिकारीहरु  सेक्रेटरी प्रज्वल राइ,ज्वाइन्ट सेक्रेटरी पवन कुमार श्रेष्ठटेजरर किशोर पराजुलीक्लव एडमिनिष्टशन डाइरेक्टर कविन राइ,मेम्वरसिप डाइरेक्टर राजकुमार पोखरेल,पब्लीक रिलेशन डाइरेक्टर दिपेश ढकाल,रोटरी फाउन्डेशन चेयर टिकाराज ढकालसर्भिस प्रोजेक्ट डाइरेक्टर धनजुजु श्रेष्ठसरजेन्ट एट आम्स सुभाष रत्न शाक्य,आइ टी अफिसर उज्वल श्रेष्ठ,युथ सर्भिस प्रदीप सरावगी,सोसियल मिडीया एण्ड क्लव वुलेटीन सन्जय राज पोखरेललाइ समेत पदभार ग्रहण गराइएको थियो ।
कार्यक्रममा इनर विल भद्रपुरलाइ समेत आधिकारीकता प्रदान गरीएको छ । इनर विलका अध्यक्ष कुशुम अधिकारी पराजुलीले आफनो समुहको परिचय गराउदै  इनर विलको के हो भन्ने विषयमा सान्दर्भीक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रोट्याक क्लव अफ भद्रपुरका अध्यक्ष सुमित मण्डलले आफनो टिमलाइ समेत सपथ गराउनु भएको थियो ।