कार दुर्घटनामा प्रसाईँको निधन
भद्रपुर । बिर्तामोड नगरपालिका– १ निवासी अन्दाजी ४६ बर्षिय ज्ञानुराम प्रसाईँकोे आज कार दुर्घटनामा परि निधन भएको छ । आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई भद्रपुर नगरपालिका( ९ स्थित देवकोटाको सालिकको कम्पाउन्डमा आज मध्यान्न ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी उनको बायाँ खुट्टा र भित्री शरीरमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार, उनी बिर्तामोडबाट मेची राजमार्गको चाराआली हुँदै भद्रपुरतर्फ आइरहेका थिए । दुर्घटनामा परेको उनको कारको अगाडीको भाग क्षतिग्रस्त भएकोे छ । प्रसाईं नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष हुन् । उनकी श्रीमती पवित्रा महतारा प्रसाईँ बिर्तामोड नगरपालिकाकी उपमेयर हुन् ।