बाढीले झापा गाउँपालिकाका ८४ घर डुवानमा

भद्रपुर । बुधवार राती परेको अविरल बर्षाका कारण माई नदीमा आएको बाढीले झापा गाउँपालिकाका ८४ घर डुवानमा परेका छन् । पानीको बहाव बढेपछि गाउँमा पानी पसेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । डुवानमा परेका  त्यहाँका बासिन्दालाईलाई सुरक्षित स्थानतर्फ सारिएको डिएसपी थापाले बताए । इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीलेले स्थानीय पालिकासँग समन्वय गरेर स्थानीयलाई अन्यत्र सारेको  र खोला नजिकै रहेको मिलन बस्ती बाढीको उच्च जोखिम रहेकाले फेरि ठुलो पानी परेमा गाउँवासीलाई जोखिम हुन सक्ने थापाले बताए ।