राम्रो मान्छे गयो
उद्योगी पर्शुराम अग्रवालको निधन
भद्रपुर । झापाका चर्चित व्यवसायी तथा समाजसेवी व्यक्तित्व भद्रपुर ५ निवासी पर्शुराम अग्रवालको निधन भएको छ । उहालाई कोरोना पोजेटीभ भएर केही समयदेखि भारतको सिलगढी स्थित महाराजा नर्सिडहोसमा उपचाररत हुनुहुन्थ्यो । उपचारको क्रममा भारतको सिलगढीमा हिजो राती ९ वजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उहाँ ६१ वर्षको हुनुहुन्थ्यो ।
उहाको पार्थिव शरिरलाई भद्रपुर ५ स्थित निजी निवासमा ल्याई आजै मेची नदीमा दाहसंस्कार गरिएको छ । उहाका पत्नि, १ छोरा र ४ छोरीहरु रहेका छन ।
अग्रवालको निधनमा स्थानीयको मुखबाट एउटै अभिव्यक्ति “राम्रो मान्छे गयो” भन्ने व्यक्त भएको पाइयो ।पर्शुरामको निधनले भद्रपुर मात्र होइन झापालाइ नै अतुलनिय क्षति भएको छ ।
स्वर्गीय अग्रवालको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारलाई ईश्वरले दु:ख सहन गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै नयाँ सन्दर्भ साप्ताहिक एवम् nayasandarva.com स्वर्गीय अग्रवाल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छ ।