करेन्ट लागेर एक जनाको मृत्यु
भद्रपुर । विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर आज मृत्यु भएको छ । झापाको बिर्तामोड कनगरपालिका–४ जात्रुबाडी बस्ने ६१ बर्षीय विद्युत कर्मचारी कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान साढे ७ बजे सोही नगरपालिका–८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुईमा लड्दा टाउकोमा चोट लागको थियो । गम्भीर घाइते भएका भट्टराईको उपचारको लागि बीएन्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृत्यु भएको थियो । उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी हुन । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।