शौचालय र स्तनपान कक्षसहितको होल्डिङ सेन्टर
भद्रपुर । पूर्वी नेपालको काँकडभिट्टा नाकामा शौचालय र स्तनपान कक्षसहितको सुविधाजनक होल्डिङ सेन्टर निर्माण गरिएको छ । सो होल्डिङ सेन्टर नेपाल रेडक्रस सोसाइटी झापाले निर्माण गरेको हो । मङ्गलवारदेखि सञ्चालनमा आएको होल्डिङ सेन्टरमा बालबच्चासहित आउने महिलाका लागि स्तनपान कक्षको सुविधा उपलब्ध भएको सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले जानकारी दिए ।
काँकडभिट्टा नाकामा भारतबाट प्रवेश गर्नेहरूलाई होल्डिङ सेन्टरमा राखेर चेकजाँच गरिँदै आएको छ । यसअघि होल्डिङ सेन्टरमा महिलाका लागि स्तनपान कक्षको व्यवस्था थिएन । जस्तापाता र ट्रस्ट हालिएको व्यवस्थित टहरा समेत निर्माण गरिएको कारण अबदेखि पानी परेको अवस्थामा रुज्दैै भिज्दै चेकजाँच गर्न नपर्ने ढकालले जनाए ।