कैदीबन्दीहरुल बाढीपीडितलाई रकम प्रदान

भद्रपुर । झापाका कैदीबन्दीहरुले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई नगद रकम प्रदान गरेका छन् । बन्दीहरुले बुधबार कारागारमा आयोजित संक्षिप्त कार्याक्रमका बीच नगद ५० हजार एकसय रुपैयाँ कारागार प्रशासन प्रमुख जेलर राजेन्द्र गौतमलाई हस्तान्तरण गरेको हुन् । जिल्ला प्रशासान कार्यालय झापा मार्फत उपलब्ध गराउने गरी मानवीय धर्म अनुरुप आफुहरुको गाँस काटेर पीडितलाई सो रकम उपलब्ध गराएको कैदीवन्दीहरुले बताए ।

रकम ग्रहण गर्दै जेलर गौतमले जिल्ला प्रशासन कार्यलय झापा मार्फत सहयोग रकमलाई जस्ताको तस्तै पीडित समक्ष पुर्याउने प्रतिबद्धता जनाए । रकम प्रदान गर्दै आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबे तथा सचिव युवराज गिरीले आफुहरुको गांस काटेर छुट्याएको सो रकमले पीडित समक्ष थोरै भए पनि राहत पुग्ने विश्वास व्यात्त गरे । झापा कारागारमा हाल ७६ जना महिला तथा ११ सय ४६ पुरुष बन्दिहरु रहेका छन् ।