भद्रपुरमा कोरोना बिरूद्ध खोपको दोस्रो डोज लगाइयो

भद्रपुर । भद्रपुर नगरपालिका भित्र जेष्ट नागरिक तथा अग्रपंत्तिमा खटिएर काम गर्ने नागरिकहरूका लागि प्राप्त एक हजार डोज खोप पाँच वटा खोप केन्द्र मार्फत एकै पटक लगाइएको छ ।

नेपाल सरकारबाट प्राप्त एक हजार डोज खोप मध्ये गत महिना लगाइएका ८६७ जनालाई साविकका पृथ्वीनगर, महेशपुर, चन्द्रगढी र मेची अस्पतालमा खोप केन्द्र कायम गरी दोस्रो डोज लगाइएको हो ।

भद्रपुर स्वास्थ्य शाखाका प्रमुख शान्तिराम भट्टराइले दिएको जानकारी अनुसार गत महिना पहिलो डोज लगाएका जेष्ट नागरिक तथा अग्रपंत्तिमा खटिने व्यक्तिहरूलाई दोस्रो डोज लगाइएस्को हो ।

भिडियो…