विकासमा विभेदमा परेका भद्रपुरका अधिकाम्स भित्री सडक जलमंग्न

भद्रपुर । भद्रपुर नगर क्षेत्रका भित्री बस्तीका अधिकाम्स सडक स्तरीकरणमा नगर सरकारले विभेद गर्दा वर्षादमा हिड्न नसकिने अवस्था सिर्जना हुने गरेको छ ।

नगर सरकारले सडक निर्माणमा राजनीतिक फाइदा हेरेर काम अगाडि बढाउँदा नगर भित्रका कतिपय बस्तीका सडक डुवानमा पर्ने गरेका हुन् ।

मानव बस्तीसित जोडिएका महत्वपूर्ण भित्री सडक निर्माण तथा स्तरीकरण गर्न ध्यान नदिइरहेको नगर सरकारले राजनीतिक र आर्थिक लाभ लिन सकिने प्लटिङ, खेती क्षेत्रमा भने सडक विस्तार र स्तरीकरण गरेर नगर क्षेत्रमा तीव्र विकास स्वरूप देखाइरहेको स्थानीयको दुखेसो छ ।

भद्रपुरनगरपालिका क्षेत्रका अधिकाम्स भित्री सडकमा पानीको उचित निकास सहित सडक स्तरीकरण नहुँदा धेरै बस्तीका बासिन्दा वर्षामा डुवान व्यहोर्न र हिउँदमा धुलो, खाडल सहन बाध्य भएका छन् ।

टोल विकास मार्फत ग्रामिण सडक स्तरीकरणमा लगानी गर्ने भनिए पनि भद्रपुर नगर सरकारका जिम्मेवार पदाधिकारी आफ्ना पक्षका मानिसको बाक्लो बस्तीका सडकलाई मात्र रोज्ने गरेका कारण घैरै सडक डुवान भएको समेत स्थानीय बताउँने गर्छन् ।