पानीको उचित निकास नहुँदा भद्रपुरका सडक डुब्दै
भद्रपुर । केही दिनयता निरन्तरको वर्षापछि भद्रपुर नगर क्षेत्रका अधिकाम्स भित्री सडक तथा वस्ती पानीको डुवानमा परेका छन् ।
नगर सरकारले सडक विस्तार तथा स्तरीकरण गर्दा समेत पानीको निकास सहज हुने गरी नालीको प्रवन्ध गर्न नसक्दा अधिकाम्स वस्ती र सडक डुवान झेल्न बाध्य भएका हुन् ।
भद्रपुर नगर क्षेत्रमा सघन सहरी विकास तथा नगर कोष मार्फत निर्माण भएका अधिकाम्स सडकका नालीबाट सहज पानी बग्न नसकेका कारण डुवान सहनु परेको स्थानीयको गुनासो छ ।
नगर भित्र निर्माण सम्पन्न भएका कालोपत्रे सडक पानी पसेका कारण भत्कन थालेको भए पनि नगर सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ ।
स्थानीय अरविन्द अधिकारी संघीय सरकारको लगानीदेखि स्थानीय सरकारको लगानीसम्ममा निर्माण भएका सडक पानी निकासमा ध्यान नदिँदा सडक नै डुवानमा परेर आवतजावतमा समस्या भइरहेको छ ।