फेसबुक दुरुपयोग गर्दै छोराले ६५ हजार बढी ठगे पछि

भद्रपुर । भद्रपुर–२ विशालपुर वी गाउँका ४६ वर्षिय सिंहबहादुर लिम्बूलाई फेसबुक चलाउने रहेर जागे पछि छोरो रोमनलाई फेसबुक आइडी बनाउन लगाए । आज त्यही फेसबुक आइडीलाई प्रयोग गर्दै छोराले ६५ हजार भन्दा बढी रकम ठगेको थाहा पाए पछि आफै तनाव पाल्न बाध्य छन् । नयाँ सन्दर्भको कार्यालयमा आइपुगेका लिम्बूले सामाजिक सञ्जाल दुरुपयोग हुँदा सहनु परेको पीडा पोख्दै भने “छोरा भनेर विश्वास लिनु पनि ठूलो पाप रहेछ, जसको परिणाम समाजमा अर्काको रकम अपचलन गरेको दोष विनाकारण टाउकामा बोक्नु पर्याे । यस्तो दिन कसैले पनि भोग्नु नपरोस् ।”

२० दिन यता २५ वर्षिय छोरा रोमनले आफ्नो नाम बेचेर नजिकका साथी भाइलाई झापा बाहिर रहेको र आर्थिक समस्या परेको भन्दै १० हजार देखि माथि रकम आइएमईमा पठाउन लगाई लिने गरे पछि उनले (सिंह बहादुर) थाहा पाउदा ६५ हजार भन्दा वढी रकम ऋण लागि सकेको रहेछ । उनी भन्छन् “छोरा भनेर विश्वास गर्दा गाउँ समाजमा वद्नामी हुनु पर्याे । विना कारण अर्काको ऋण आफ्नो टाउकोमा जम्मा हुन आयो” यो सवै फेसबुक दुरुपयोग गरेर छोराले सृजना गरेको समस्य हो । आफु अरुबाट १०/२० हजार रुपैया सापटी लिनु पर्ने अवस्थामा नभए पनि छोराले मोज मस्ती गर्न आफ्नो नाम वेचेकोमा अपमान भएको लिम्बु बताउछन् ।

उनका अनुसार आफ्ना नजिकका साथी भाइलाई फेसबुक मार्फत आपत परेको म्यासेज पठाएर छोराले आइएमईमा पैसा पठाउन लगाएर झिकी रहेको रहेछ । यति सम्मकी विदेशबाट सिंह बहादुरको नाममा पैसा आइ एम ई गर्न लगाई छोरो रोहनले सजिलै पैसा निकाली रहेको पत्ता लागे पछि प्रहरी प्रशासन सम्म गुहार्नु पर्ने अवस्था आयो । यस्तो दिन कसैलाई पनि नआओस भन्दै लिम्वु भन्छन् “मेरो छोरो रोमनले मेरो फेसबुक मार्फत पैसा मागी रहेको हुँदा कुनै पनि साथी भाइले पैसा नदिन अनुरो छ ।”

भिडियोमा…