मेची कोभिड उपचार केन्द्रमा दुईजना संक्रमितको मृत्यु
भद्रपुर । झापाको मेची अस्पताल कोभिड उपचार केन्द्रमा दुईजना कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी र भद्रपुरका एक महिला र एक पुरुष छन् । हल्दिबारी ५ की राई समुदायकी ७१ वर्षिया वृद्धाको बिहीबार बिहान मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।
योसँगै कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या हल्दिबारीमा ६ पुगेको छ । त्यस्तै भद्रपुर ४ का लिम्बू समुदायका ६४ वर्षिय वृद्धको बुधबार बेलुका ७।५० बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले बताए । योसँगै कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको सँख्या भद्रपुरमा २१ पुगेको छ ।