प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध

काठमाण्डौं । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले २०७८ साउन १ गतेदेखि लागू हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा प्लास्टिकजन्य पदार्थबाट हुने प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको उल्लेख छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लास्टिकको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पार्टपुर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पूजीँगत अनुदान उत्पादन गराइने व्यवस्था समेत आगामी आर्थिक वर्ष २०७८(०७९ को बजेटमा जानकारी गराइएको विज्ञप्तिमा जनाइएको छ ।