एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट

भद्रपुर । यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेस गरेको प्रस्ताव अनुसार नै मन्त्री परिषदको बैठकले निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका थिए ।