तत्काल खोपको व्यावस्थापन गर्न झापा बारको माग
रेवतीराज घिमिरे
भद्रपुर । नेपाल बार एशोसियसन झापा तथा सोही मातहत रहेको मानव अधिकार तथा जन सरोकार समितिले कोभिड १९को महामारीले नेपाली जनतामा पारेको प्रभाव प्रति चिन्तित हुदै आम नागरिकको बाच्न पाउने मौलिक हक अधिकारको सुनिश्चितता गर्न नेपाल सरकार संग तत्काल खोपको व्यावस्थापन गर्न माग गरेको छ ।
मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै संघिय, प्रादेशिक तथा स्थानीय ३ वटै तहका सरकारले मानवको बाच्न पाउने अधिकारको सुनिश्चितता गर्दै महामारी बाट बाच्न र बचाउन तत्काल खोपको व्यावस्थापन गर्नु पर्ने माग गरेको हो ।
एशोसियन झापाले कोभिड महामारीको चपेटामा रहेका स्वास्थ्यकर्मीमाथी गरिएको सांघातिक आक्रमण, खाद्य तथा स्वास्थ्य सामग्रीको उपलब्धतामा हुने गरेको कृतिम अभाव तथा कलोबजारी जस्ता बिषयलाई तत्काल नियान्त्रण गर्न एशोसियसन तथा जनसरोकार समिति झापाको गम्भिर ध्यानाआक्रषण भएको उल्लेख छ ।
एशोसियसन अध्यक्ष हरीप्रसाद अधिकारी तथा सरोकार समिति संयोजक टंकप्रसाद दंगाल द्धावार हस्ताक्षेरित विज्ञप्तीमा आम नागरिकले सरकारले तोकेको स्वास्थ्य साबधानी संवन्धि मापदण्ड पालना गर्न अनुरोध समेत गरिएको छ ।
विज्ञप्तमिा सरकारले विपति आउनु अगाबै औषधी खोप अक्सिजन तथा भेन्टिलेटर जस्ता अतिआबश्यकीय बस्तुहरुको समयमै जोहो नगर्नाले आमनागरिकको आधारभुत स्वास्थ्य र बाच्न पाउने मौलिक हक प्रति गम्भिर आघात पुगेको उल्लेख छ ।
सरकारले कोभिड १९ संवन्धमा पारित गरेको निर्णयलाइ तत्काल कार्यान्वयन गर्न सरकार तथा सरोकारवाला अस्पतालहरुलाई झापा वार एशोसियसनले विज्ञप्ती मार्फत आग्रह समेत गरेको छ ।
विज्ञप्तीमा संक्रमित नागरिकको जिउज्यान प्रति अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षामर्की प्रति हार्दिक आभार प्रकट गर्दै महामारीको यस्तो गम्भिर अबस्थामा खाद्यान्न ,ईन्धन,औषधी स्वास्थ्य उपकरण जस्ता अत्याआबश्यक बस्तुहरुको अभाव सृजना गरि कालो बजारी गर्नेलाई बजार अनुगमन गरि तत्काल कारवाही गर्न समेत सरकार संगजोडदार माग गर्छौ उल्लेख गरिएको छ ।
लामो समयसम्मको निषेधाज्ञाका कारण समस्यामा परेका मजदुर तथा विपन्ना पररिवारलाई पहिचान गरि उनिहरुको खाद्यान्न तथा औषधी उपचार संबन्धि व्यावस्था मिलाउन समेत सरकार संग जोडदार माग गर्छौ उल्लेख गरिएको छ ।
विज्ञप्तीमा सिमा नाकामा हुने आवत जावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र आम नागरिकको जीवन रक्षाका लागि सिमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई प्रोत्साहित गर्दै कोभिड पिडीतको आत्मावाल बढाउन समेत अनुरोध गरिएको छ ।
आम नागरिकले आफनो स्वास्थ्को ख्याल राख्दै स्वास्थ्य सावधानी अपनाएर हिडडुल गर्न ,भिडभाड नगर्न र माक्स अनिवार्य लागाउन समेत सर्बसाधाराण समक्ष एशोसियसनले अनुरोध गरिएको छ ।