नेपालमा आज २४२१ जना संक्रमित ५२ को मृत्यु

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् भने मन्त्रालयका अनुसार आज ५२ जनाको मृत्यु भएको छ ।