डिसिसिएमसी झापालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर

भद्रपुर । मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापालाई करीब २८ लाख रुपैया मुल्यको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । विपत्तीमा परेकालाई सहयोग गर्ने उद्देश्यले गैरआवासिय नेपाली संघले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर झापाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको अभियानका संयोजक बिजय डालमियाले बताए । डालमियाका अनुसार, आज बिहान जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सििनालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

प्रति गोटा करीब २ लाख ३० हजार मुल्य पर्ने कन्सन्ट्रेटर गैर आवासिय नेपाली संघ मार्फत मेची अभियानलाई २० वटा उपलब्ध गराएको र झापा सहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा समेत बितरण गरिने संयोजक डालमियाले जनाए ।

डिसिसिएमसी मार्फत झापाका १२ वटा पालिकालाई एक एक वटाका दरले अक्सिजन कन्सन्ट्रेटर बितरण गरिने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउनु भयो । कोरोना महामारी सहित दीर्घ कालिन रुपमा काम लाग्ने महत्वपूण स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै प्रजिअ तिमिल्सिनाले मेची अभियानलाई आभार ब्यक्त गरे ।

कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकाल, झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, शसस्त्र प्रहरीका एसपी रमेश पाण्डे, अभियानका सदस्यहरु प्रकाश भण्डारी, ओमप्रकाश खापुङ र सविना बजगाइको समेत उपस्थिति रहेको थियो ।

यस अघि पनि करुणा फाउण्डेशनको सहकार्यमा उपलब्ध भएको ५ वटा अक्सिजन कन्सन्ट्रेटर मेची अभियानले बुद्धशान्ति र मेचीनगरका ३ वटा स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराएको थियो ।