विपन्नहरुलाई खाद्यान्न राहत प्रदान

दमक । कमल गाउँपालिका ५ साविक लखनपुर मंगलवारेमा जन्मिएर हाल बेलाय (युके) बस्दै आएकी एक चेलीले आफनो नाम तथा पहिचान गोप्य राखेर स्थानीय क्लब मार्फत सो ठाउँका विपन्नहरुलाई खाद्यान्न राहत प्रदान गरेकी छिन् । मंगलबारे वजारस्थित सगुन युवा क्लवमार्फत निषेधज्ञाका कारण दैनिक गुजारा गर्न समस्या भएका २५ परिवारलाई उनले खाद्यान्न राहत प्रदान गरेकी हुन् । क्लवले असहाय,एकल तथा अति विपन्न परिवारलाई छनौट गरि दैनिक उपभोग्य चामल,तेल,सोयाविन,नुन लगायतका खाद्यान्न राहत सामाग्री प्रदान गरेको सचिव रोशन दाहालले बताए ।

वितरण गरिएको राहत सामाग्री ३२ हजार ३४० रुपैया बरावरको रहेको क्लवले जनाएको छ । उनका अनुसार लिला ताजपुरिया , देव ताजपुरिया ,फुदो ताजपुरिया ,चित्रा दर्जी, ईन्दिरा दर्जी ,नैनाकला दर्जी, रामवति राजबंशी ,तालामुई मूर्मु ,लला कुमारी नेपाली , बुडो चौधरी, मंगली योङयाङ , गाठिलालनी ताजपुरिया, बाङ्गरू राजबंशी , राजु राजबंशी ,वीर बहादुर तामाङ ,मिना भुजेल , धारू राजबंशी , बिनोद राजबंशी ,दुर्गा पौडेल ,प्रमिला ताजपुरिया , रिता मुर्मु लगायतको घर घर पुगेर त्यस्तो राहत वितरण गरिएको छ । राहत वितरणमा क्लवका अध्यक्ष देवी आङदेम्बे लगायतका पदाधिकारी,सदस्यहरुको उपस्थिथित रहेको थियो ।