नेपालमा आज २७६८ संक्रमित ४४ को मृत्यु

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन् ।