कोभिड १९ को थप नयाँ भेरियन्ट
भद्रपुर । नेपालमा तेस्रो लहरको भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ती प्रकाशन गरेर सो को पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएकोमा ३४ वटा नमूनामा नयाँ भेरिएन्ट देखिएको हो ।
भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको आज प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमूनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमूनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।