कोरोना विशेष अस्पताल फोहोरले पुरिने अवस्था आएको गुनासो (भिडियो सहित)
भद्रपुर । भद्रपुर स्थित मेची अस्पतालको मातहतमा रहेको कोरोना उपचार केन्द्र व्यवस्थापकीय कमजोरीले दुर्गन्धित भएर बस्न नसकिने अवस्थामा पुगेको उपचारका लागि अस्पताल पुगेका विरामीले भिडियो मार्फत सार्वजनिक गर्न थालेका छन् ।
कोभिड १९ संक्रमणले सिकिस्त भएका विरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पताल व्यवस्थापकीय लापरवाहीले दुर्गन्धित हुँदा बस्न नसकिने अवस्थामा पुगेको विरामीहरूले फेसबुक मार्फत सार्वजनिक गर्न थालेका हुन् ।
अस्पतलमा रहेका विरामीहरूका अनुसार कोभिड १९ उपचार अस्पतालमा जत्रतत्र फोहोरको थुप्रो लागे पनि सरसफाई गर्ने व्यवस्था हुन सकेको छैन । विरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन पनि कमजोर रहेको छ । फोहोर सफा गर्न आवश्यक कुचो, झाडु, साबुन समेत प्रबन्ध छैन । शौचालयको अवस्था पनि दुर्गन्धले भरिएको छ । रोगको कारण भन्दा अस्पताल भित्रको फोहोरले छिटो मर्नु पर्ने हो कि भन्ने त्रास समेत उत्पन्न हुन थालेको त्यहाँ रहेका विरामीहरूको दुखेसो छ ।
भिडियो……