झापामा आज ९९ संक्रमित ३५ जना डिस्चार्ज

भद्रपुर । झापामा आज २ महिलासहित ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा मेचीनगरपालिकाकी ८६ बर्षीया महिला, झापा गापा ६ की ४५ बर्षीया महिला र कमल गापाका ७८ बर्षीय पुरुष रहेका छन्

यसैगरी आज झापामा ३७ महिला र ६२ पुरुष गरी ९९ जनामा कोरोना पाोजेटिभ पुष्टि भएको स्वास्थ्य कायालयले जनाएको छ । सो कार्यालयका अनुसार आज ३५ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यसै गरी झापामा कुल संक्रमितको संख्या ७६१६ रहेको र डिस्चार्ज हुनेको कुलसंख्या ४८४७ रहेको छ भने मृत्यु हुनेको संख्या १७४ पुगेको छ ।