पाठामारी मेची घाटमा कोरोना संक्रमित मृतकलाई जलाएर व्यवस्थापन गर्न माग
भद्रपुर । कचनकवल ५ पाठापामरी स्थित मेची नदी किनारमा कोरोना संक्रमितको दाहसंस्कार गर्दा जलाउने व्यवस्था मिलाउन स्थानीयले माग गरेका छन् । कचनकवलभरी कोरोनाका कारण मृत्युवरण गरेका व्यक्तिलाई मेची नदी किनारमा रहेको बस्ती नजिकै गाड्ने कार्यले स्थानीयमा रोग संक्रमणको त्रास बढेको भन्दै स्थानीयले जलाउने व्यवस्था मिलाउन प्रशासनसित माग गरेका हुन् ।
पछिल्लो पटक कचनकवल ७ बालुवाडीका कोरोना संक्रमित पुरूषलाई पाठामारीमा रहेको मेची नदी किनारामा गाड्ने प्रयास भएपछि स्थानीयले प्रतिवाद गर्नु पर्ने बिडम्बना आएको भन्दै उनीहरूले नदीको घाटमा जलाउने व्यवस्था मिलाए अवरोध नगर्ने प्रष्ट पारेका छन् ।
स्थानीय अग्रज व्यक्तिहरूले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनले कोरोना संक्रमितको मृत्यु हुँदा पाठामारीको घाटमा गाड्न ल्याउने कार्य निन्दनीय भन्दै जलाउने वयवस्था गर्न माग गरेका छन् । उनीहरूले स्थानीय बासिन्दाको भावना विपरित प्रहरी प्रशासनले दमन गरेर संक्रमितको लास व्यवस्थापन गर्ने कार्य निन्दनीय भएको ठहर समेत गरेका छन् ।