कोरोना परीक्षण अस्तव्यस्त रोग संक्रमण तीव्र हुने संकेत

भद्रपुर । कोरोना संक्रमणबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन बन्दाबन्दी गरिएको झापामा अस्पतालमा कोरोना परीक्षणका लागि पुग्नेको अव्यवस्थित भीडले संक्रमण तीव्र हुन सहयोग गरिरहेको छ ।

दैनिक अस्पताल पुग्ने संक्रण आशंका गरिएका व्यक्तिहरूलाई व्यवस्थित गर्ने वातावरण नबन्दा अस्तव्यस्तताले रोग संक्रमण तीव्र हुने वातावरण बनिएको हो ।

सामान्य विराम लागेका विरामीलाई पनि कोरोना आशंका गरी परीक्षणमा पठाइने अवस्थाले अस्पतालको कोरोना परीक्षण केन्द्रमा भीड बढेको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना परीक्षण गर्न आउनेको भीड बढे पनि स्वास्थ्य सुरक्षाका लागि उचित व्यवस्थापन हुन नसक्दा अस्पतालमा आइपुग्ने कोरोना बोकेर फर्कने अवस्था आएको छ ।