पौडी खेल्ने क्रममा डुबेर मृत्यु
भद्रपुर २१ बैशाख । झापाको शिवसताक्षी नगरपालिका ८ डुँडामारीका २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनी साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । प्रहरी टोलीले उनको खोजी गर्ने क्रममा राती ७ बजे अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा भेटेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । सो बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।