चट्याङ लागेर एक प्रहरीको मृत्यु

भद्रपुर २१ बैशाख । पानीसँगै परेको चट्याङ लागेर झापामा एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक ९असई० ४५ वर्षीय महादेव ठाकुर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनी किचकवध प्रहरी चौकीमा कार्यरत थिए । सोमबार राती पौने १० बजे पानी परेपछि डियुटीमा रहेका असई ठाकुर पानीबाट जोगिन किचकवधको बस्ती नजिकै एक छाप्रो मुनि गएर बसेका थिए । सोही बेला परेको चट्याङ लाग्दा असई गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई ओम साई पाथीभरा हस्पिटल भद्रपुर पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषित गरिदिएको डिएसपी थापाको भनाई छ । असई ठाकुरको दरबन्दी महाभारा प्रहरी चौकी हो । उनी विगत एक महिना अघि काजमा किचकवध प्रहरी चौकीको जिम्मेवारी सम्हाल्न आएका थिए । उनको घर मोरङ जिल्लाको विराटनगर हो । उनी २०५१ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनको शवलाई मेची अस्पताल भद्रपुरमा राखिएको र पोस्टमार्टम पश्चात् परिवारजनलाई जिम्मा लगाउने प्रहरी कार्यालय झापाले जनाएको छ ।