देशभरिमा आज ७६६० संक्रमित ५५ को मृत्यु
काठमाण्डौं । बितेको २४ घण्टामा नेपालमा थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५ सय ७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४ सय १७ पुगेको छ ।