झापामा जोर बिजोर प्रणली कार्यान्वयनमा
भद्रपुर, २० बैशाख । झापामा सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली कार्यान्वयनमा आएपछि सडकमा भीडभाड घट्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले १९ बैशाखको मध्यरातबाट सवारी साधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली अनिवार्य लागु गर्ने सूचना जारी गरेपछि २० गते विहानदेखि कार्यान्वयनमा आएको हो ।
विहानैदेखि झापाका मुख्य सडक खण्ड तथा व्यस्त चौक बजार आसपासमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरीको टोलीले नियम विपरित सञ्चालनमा आएका सवारी साधन नियन्त्रणमा लिने तथा कारवाही प्रकृयामा लाने कार्य तीव्र पारेपछि नियम विपरित सडकमा सवारी साधन गुड्ने वातावरण न्युन भएको देखिन्थ्यो ।