शैक्षिक संस्था, विद्यालय कलेज बन्द गर्ने निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निम्न स्थानका शैक्षिक संस्था, विद्यालय कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु बन्द गर्ने निर्णय गरेको छ ।
१.काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु ।
२. बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु ।
३. इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु ।
४. मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु ।
मन्त्रिपरिषदले जारी गरेको आदेशअनुसार माथि तोकिएका स्थानका शैक्षिक संस्थाहरु आगामी बैशाख मसान्तसम्म भौतिकरुपमा बन्द हुनेछन् । सरकारले तोकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाशरुको पठन–पाठन भने सुचारु रहनेछन् । भौतिक रुपमा बन्द हुने भनिएका स्थानका विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न पाइने सरकारको आदेशमा उल्लेख छ