गठबन्धनको बधाइ कार्यक्रम स्थगित
काठमाण्डौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मानमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपालसहितको गठबन्धनको तर्फबाट पूर्व प्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको विशेष आतिथ्यमा वैशाख ७ गते काठमाडौंमा आयोजना गरिने भनिएको कार्यक्रम कोरोना महामारीका कारण सरकारले जारी गरेको प्रोटोकललाई मध्यनजर गर्दै स्थगित गरिएको छ ।
वर्तमान सरकारको मिडियाप्रतिको अनुदार नीतिको विपक्षमा लोकतान्त्रिक तथा व्यावसायिक पत्रकारहरु एक ठाउँमा उभिएको निर्वाचन परिणामले पनि पुष्टि भएको छ । अनेकौ वहानामा मिडियालाई अंकुश लगाउने यो सरकारको रवैयाप्रति हामी सतर्क छौं । यो महामारीमा पनि प्रेस स्वतन्त्रता, लोकतन्त्र र श्रमजीवी पत्रकारहरुको हितको मुद्दाप्रति सतर्क र सिर्जनशील ढंगले लागिरहने प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौ । साथै, नेपाल पत्रकार महासंघको नवनिर्वाचित नेतृत्व पनि यो अभियानमा ख¥हो उत्रने विश्वास व्यक्त गर्दछौं ।
नेपाल पत्रकार महासंघको केन्द्रीय, प्रदेश र जिल्लाका नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनमा सहयोग पु¥याउनु हुने सबैप्रति कृतज्ञ छौं ।