प्रतिबन्धित लागु औषधसहित भारतीय नागरिक पक्राउ

भद्रपुर । झापामा एक भारतीय नागरिक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिघलबैंक थाना सतकौवा पञ्चायतका २६ वर्षीय सिद्धिक आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले २९ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।