आठ महिनामा नगरपालिकामा ६० वटा मुद्दा

झापा १ चैत । झापाको भद्रपुर नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक बार्ष २०७७÷०८७ को ८ महिनाको अवधिमा नगर क्षेत्रबाट ६० वटा मुद्दा दर्ता भएका छन । नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको संयोजकत्वमा गठित न्यायिक समितिमा दर्ता भएका भएका मुद्दा मध्ये ५० वटाको निर्णय भइसकेको उपप्रमुख श्रेष्ठले बताइएकी छन् । उनका अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (१) र (२) बमोजिम नगर भित्रका सामान्य झैझगडाहरुको मेलमिलाप गर्ने र निर्णय गर्ने अधिकार स्थानीय जनप्रतिनिधि मार्फत निर्णय गर्ने भन्ने व्यवस्था भएअनुसार निर्णय गर्न बाँकी थप १० वटा मुद्दाहरु रहेका छन् । समितिमा उद्योग संचालनमा वातावरणीय प्रतिकुलता भएको भन्दै १, बालिनाली रोक्का शिर्षकमा १ र निर्णय हुन बाँकी १२ वटा मुद्दाहरु सहित ६० वटा मुद्दाहरु दर्ता भएका थिए ।

विवाद समस्याको समाधान गर्न खासै समस्या नभए पनि समितिमा दक्ष जनशत्तिको अभाव, छुट्टै ईजलास लगायतका भौतिक संरचनाको कठिनाई दरवन्दी अनुसारको कर्मचारी अभाव, पर्याप्त कानुन र न्यायको क्षेत्रमा दक्ष कर्मचारी नहुँदा केहि समस्या आउने गरेको उपप्रमुख श्रेष्ठले बताईन् । क्षेत्राधिकार भन्दा बाहिरका मुद्दा पनि हेर्नुपर्छ भन्ने दवाव आउने गरेको, पक्षहरुबाट कर्मचारीहरुलाई बारम्वार धम्की आउने गरेको, मुद्दाको चाप अत्याधिक हँुदा समयमै न्याय निरुपण चुनौती रहेको संयोजक श्रेष्ठको भनाई छ ।