प्रधानमन्त्री केपी शर्मा ओलीलाई निष्कासन

भद्रपुर २० फागुन । भर्खरै प्राप्त समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सधारण सदस्यबाट निष्कासन गरेको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले उक्त निर्णय गरेको बताइएको छ । सो समुहले संघीय संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएको बताइएको छ ।