प्रधान मन्त्री ओली २१ गते झापा नआउने

भद्रपुर २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली २१ गते झापा आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री २१ गते झापा आउने कार्यक्रम निश्चत तय भएको भए पनिे , ‘फागुन २३ गते प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने र त्यसको आवश्यक तयारीमा उहाँ विभिन्न राजनीतिक दल, मन्त्री, नेता तथा कार्यकर्तासँग छलफल गर्नुपर्ने भएकोले झापा आउने कार्यक्रम स्थगित भएको प्रदेश १ का प्रदेशसभा सदस्य बसन्त बानियाँले बताएकाछन् । ‘

यसैगरी लिखित पत्र नआए पनि प्रधानमन्त्री ओली झापा नआउने निश्चित जानकारी प्राप्त भइसकेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी राकेश थापाले जनाएका छन् ।