झापामा दाश्रो चरणको खोप फागुन २३ बाट
भद्रपुर २० फागुन । जिल्ला स्वास्थ्य कार्यालय झापाले फागुन २३ गतेदेखि कोभिड–१९ को दोस्रो चरणको खोप लगाउने तयारी गरेको छ । पहिलो चरणको खोप सम्पन्न गरेको स्वास्थ्य कार्यालय झापाले विहिवार बिर्तामोडमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै उक्त कुराको जानकारी दिएको हो ।
सो अवसरमा, झापामा पहिलो चरणको खोप सरसफाई, स्वास्थ्यकर्मी निजामति कर्मचारीलाई लागाईको थियोे । पहिलो चरणमा १११० जनालाई खोप लगाउने लक्ष रहेपनि ९१६७जनाले मात्र खोप लागाएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । चमलागाईले बताए अनुसार खोप लगाउनेमा ३०७९ जना महिला र ६०८८ पुरुष रहेका थिए ।
फागुन २३ गतेबाट लगाइने दोश्रो चरणको खोप ५५ बर्ष माथिकालाइ लगाउने भनिए पनि खोपको उपलब्धता कारण ६५ बर्ष माथिकालाई मात्र लगाउने तय गरिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले बताए ।
६५ बर्ष उमेर समुहदेखि माथिका ५८ हजार ५ सय १३ जनालाई लगाउने लक्ष्य राखिएको खोप फागुन २३ गतेदेखि २७ गतेसम्मको पहिलो समुहमा ३४ हजार ४ सय ५६ जनालाई लगाइने र चैत १ देखि ५ गतेसम्म लगाइने दोस्रो समुहको खोप २४ हजार ५७ जनालाई लगाइने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए
खोप लगाउनका लागि ६० वटा खोप केन्द्र, ३ सय ५० परिचालन टिम र १ सय ५० दिन कार्यदिन तय गरिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिए ।