काँधमा आएको जिम्मेवारीबाट नभाग्ने ः देउवा
काँग्रेस सरकारमा जान हुँदैन ः पौडेल
सन्दर्भ समाचारदाता
नारायनघाट । चितवनमा आयोजित एक कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । उनले भने,‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ । देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।
सोही कार्यक्रमा वरिष्ठ नेता पौडेलले काँग्रेस सरकारमा जान नहुने बताएका थिए । ‘काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ,’ पौडेलले भनेका थिए ।